साझा पार्टीले कास्की-२ को उपनिर्वाचनमा रजनी केसीलाई उठाउने « Khabarhub

साझा पार्टीले कास्की-२ को उपनिर्वाचनमा रजनी केसीलाई उठाउने


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवीन्द्र मिश्र नेतृत्वका साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर – २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुन लागेको हो ।

साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पनि विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ ।

कास्की क्षेत्र नं २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन् । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  २ : ४६ बजे

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन– पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै