साझा पार्टीले कास्की-२ को उपनिर्वाचनमा रजनी केसीलाई उठाउने « Khabarhub

साझा पार्टीले कास्की-२ को उपनिर्वाचनमा रजनी केसीलाई उठाउने


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवीन्द्र मिश्र नेतृत्वका साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर – २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुन लागेको हो ।

साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पनि विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ ।

कास्की क्षेत्र नं २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन् । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  २ : ४६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट