रणवीर–आलियाको विवाहको नक्कली कार्ड भाइरल भएपछि… « Khabarhub

रणवीर–आलियाको विवाहको नक्कली कार्ड भाइरल भएपछि…


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आलिया भट्ट र रणवीर कपूरको अफेअरका बारेमा त धेरैलाई थाहा नै छ । यी दुईको बलिउडमा खुबै चर्चा हुने गर्छ । यतिबेला भने आलिया र रणवीरको बिहेको नक्कली कार्ड सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आलिया र रणवीरको बिहेको कार्डले फ्यानसमेत झुक्काएको छ । कार्डमा सगुन सेरेमनी राजस्थानमा हुने भनेर लेखिएको छ । जबकि, यो कार्ड पूर्ण रुपमा नक्कली हो । यसलाई फोटोशप गरेर बनाइएको हो ।

यो कार्डमा आलिया र उनकी आमाको भनाइ बाहिर आएको छ । साथै मुकेश भट्टले पनि यसबारेमा मुख खोलेका छन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै आलियाका अंकल मुकेश भट्टले भने, ‘आलिया यतिबेला फिल्मको छायांकनमा व्यस्त छिन्, मलाई देशभरबाट यो बारेमा बुझ्न फोन आइरहेको छ, यस्तो कहाँ हुन्छ? दुःखको कुरा यो हो कि, कार्डमा निकै गल्ती छन् ।’

यता आलियाले पनि यसबारेमा हाँस्दै प्रतिक्रिया दिइन् – के भनौँ ?

नक्कली बिहेको कार्डमा गल्तीहरु छन् । यतिसम्म कि नाममा समेत त्रुटि छ । अझ कार्डमा आलियालाई मुकेश भट्टकी छोरी भनिएको छ । जबकि, आलिया महेश भट्टकी छोरी हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ४ : २९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते