क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ « Khabarhub

क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डे रहेका छन् । उनीहरुका साथबाट ७ किलो चरेश र ६ किलो ४ सय ग्राम गाँजा बरामद् भएको ब्यूरोका प्रमुख डीआइजी दिनेश अमात्यले बताए ।

प्रहरीका अनुसार, राजेन्द्र र सुरेन्द्र क्यानडा तथा अमेरिकाबाट लागूऔषध नेपाल भित्र्याउने मुख्य कारोबारी रहेको खुलेको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : १० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम