एकता विराेधीहरू पार्टीभित्र भाड्भैलो मच्चाउन उद्दत : नेता साह « Khabarhub

एकता विराेधीहरू पार्टीभित्र भाड्भैलो मच्चाउन उद्दत : नेता साह


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले एकता विरोधीहरुले पार्टीभित्र भाँडभैलो मचाइरहेको बताएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार बाराको विश्रामपुर गाउँपालिका-२, बरनिया बजारमा नेकपा गाउँ कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले पार्टी एकता भाँड्न खोज्ने तत्वहरुबाट सावधान रहन कार्यकर्ता पङ्क्तिलाई आग्रह गरे ।

अध्यक्ष साहले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्र नभई राष्ट्रिय राजनीतिलाई नयाँ ढंगले दिशाबोध गर्न, मुलुकमा स्थायित्व कायम गर्न, मजबुत र स्थिर सरकार निर्माण गर्न तथा मुलुकबाट विभेदको अन्त्य गरी समृद्ध नेपाल निर्माण गर्ने महान उद्देश्य सहित हामीले ऐतिहासिक पार्टी एकता गर्यौँ । तर यो एकता कतिपयहरूलाई मन परेन । तिनीहरू आज पार्टीभित्र भाडभैलो मच्चाएर देशमा अस्थिरता सृजना गर्न उद्धत छन् ।’

अध्यक्ष साहले बारासहित प्रदेश नम्बर २ को बिकास लागि आफू हरबखत सक्रिय रहेको जीकिर गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ०१ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न