बिजुली बेच्ने जिल्लाका जनताको दुःख– आफूले भने सोलार बाल्नुपर्छ | Khabarhub Khabarhub

बिजुली बेच्ने जिल्लाका जनताको दुःख– आफूले भने सोलार बाल्नुपर्छ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको १० वटा स्थानीय तहमध्ये दुर्गम दुईवटा स्थानीय तहमा अझै पनि विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन । भोटखोला र सिलिचोङ गाउँपालिका विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिन नसकेको हो । विद्युतको केन्द्रीय प्रसारण लाइनमा नजोडिएका ती दुई गाउँपालिकाका केही गाउँमा भने धेरै पहिलेदेखि पेल्ट्रिक सेट, लघु जलविद्युत् पुगेका छन् । त्यस्तै, केही घरले सौर्यबत्ती जडान गरेर पनि घर उज्यालो बनाएका छन् ।

विपन्न वर्ग भने अझै पनि टुकीकै भरमा बस्न बाध्य रहेको भोटखोलाका नुर्बु भोटेले बताए । मकालु गाउँपालिकाका काजीमान गुरुङले पेल्ट्रिक सेट तथा लघु जलविद्युतमा बेलाबेलामा समस्या आइरहने भएकाले भरपर्दो नभएको बताए । राईले सौर्यबत्ती, लघु जलविद्युत् दीर्घकालीन नहुने भएकाले छिटोभन्दा छिटो केन्द्रीय प्रसारण लाइनका लागि पहल गर्न सरोकारवालालाई आग्रह गरिएको पनि बताए ।

भोटखोला गाउँपालिका सीमावर्ती नाका छिमेकी देश चीनसँग सिमाना जोडिएको गाउँपालिका हो । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको केन्द्र हटिया पुग्न मात्रै १०२ किमि कच्ची सडक हिँडेरै पार गर्नुपर्छ । हिउँदमा भने दुःखसुख साना सवारीसाधन चल्छ । किमाथाङ्का नाका पुग्न १६२ किमिको यात्रा पार गर्नुपर्छ ।

हिउँदमा कोशील्हासा राजमार्गको कच्ची सडकको भरमा हटियासम्म पुग्न सकिन्छ तर बर्खायाममा तीन/चार दिन लगाएर पैदल हिँड्नुको विकल्प छैन । यस्तै समस्या र दुर्गममा रहेको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु जान भोजपुरको बुङलिङटार तरेर मात्रै पुग्न सकिन्छ । ‘खाँदबारीबाट हेलुवाबेँसीसम्म यातायात पुगे पनि अरुणपारीदेखि गाउँपालिकाको केन्द्र ताम्कु पुग्न अरुण नदीमा पक्की पुल नहुँदा आवतजावतमा समस्या छ,’ सिलिचोङका अध्यक्ष राम कुलुङ भन्छन्, ‘यातायात समस्याले पनि गाउँपालिकामा विद्युतीकरणमा समस्या भएको छ ।’

जिल्लाका सबै स्थानीय तहका गाउँ–गाउँसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउने उद्देश्यअनुरूप नै काम भइरहेको नेपाल विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामआशिष शाहले बताए । प्रमुख शाहले भोटखोला र सिलिचोङको केन्द्रसम्म चाँडै विद्युत् विस्तार गरिने भन्दै अहिले काठको पोल विस्थापित गर्ने काम पनि भइरहेको पनि बताए ।

अहिलेसम्म खाँदबारी नगरपालिकाको मात्र सबै वडामा विद्युत् पुगेको विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शाहको भनाइ छ । सुगम र सदरमुकामसमेत रहेकाले खाँदबारी नगरपालिकाका ११ वटै वडामा केन्द्रीय लाइनको विद्युतीकरण पुगेको छैन ।

त्यस्तै, चैनपुर, मादी, धर्मदेवी र पाँचखपन नगरपालिकाको करिब ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको भन्दै उनले गाउँपालिकाको हकमा सबैभन्दा बढी चिचिला गाउँपालिकाको करिब ५० प्रतिशत गाउँमा विद्युतीकरण पुगेको बताए । ‘धेरै ठाउँमा विद्युत् पुर्‍याउने प्रयास भइरहेको छ,’ शाहले भने, ‘विद्युतीकरण पुगेको ठाउँमा पनि अधिकांश स्थानमा काठको पोल गाडिएको छ ।’

वितरण केन्द्र प्रमुख शाहका अनुसार अब ती सबै काठको पोल हटाएर फलामको पोल गाडिने छ । जिल्लाभित्र झण्डै १५ हजार काठको पोलबाट विद्युतीकरण गरिएको छ । खाँदबारी नगरपालिकाभित्र मात्रै एक हजार १५३ काठको पोल छन् । ती फेर्नुपर्ने अवस्थामा रहेको छ ।

यहाँ रहेका ४ वटा हाइड्रोपाव दिपेश्वरी हाइड्रोपावर (चार मेगावाट), बरुण हाइड्रोपावर (साढे चार मेघावाट), अरुण भ्याली पिलुवा हाइड्रोपावर (तीन मेगावाट) र सुगम हाइड्रोपावर (लोहर पिलुवा एक मेगावाट) मा दैनिक १२ मेघावाट विद्युत् उत्पादन हुन्छ । धेरै भएको विद्युत् अन्य जिल्लामा समेत दिइएको शाहले बताए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : ११ बजे

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं – नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी

बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध

रसुवा– भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित