नाइट क्लब जाने फुटबलरको प्रतिबन्धमा पुनर्विचार « Khabarhub

नाइट क्लब जाने फुटबलरको प्रतिबन्धमा पुनर्विचार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्धमा रहेका चार खेलाडीको प्रतिबन्धको समय कम भएको छ ।

एन्फाको अनुशासन कमिटिले चार खेलाडीमाथि लगायको प्रतिबन्धको समयमा पुनरावलोकन समितिले पुनर्विचार गरेको हो ।

एन्फाका अनुसार यी खेलाडीहरुलाई यसअघि अनुसाशन समितिले कारबाही गरेको दिनदेखिको प्रतिबन्ध सुनाएको थियो भने पुनरावलोकन समतिले घटना घटेको दिनदेखि लागू हुने गरी भनेका कारण उनीहरुको प्रतिबन्धको समय कम भएको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तर्गत कुवेतविरुद्धको खेल  खेल्न भुटान जानु अघिल्लो दिन नाईट क्लब गएपछि अन्जन विष्ट, सन्तोष तामाङ, विमल घर्ती मगर र दिनेश राजवंशी कारबाहीमा परेका थिए ।

अनुशासन समितिले अञ्जन र सन्तोष तामाङलाई ४५ दिन र विमल घर्तिमगर र दिनेश राजवंशीलाई ९० दिन घरेलु र अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो ।

एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो । तर, खेलाडीहरुले अनुशासन समितिको निर्णयमा पुनरावलोकन गरीपाउँ भन्दै निवेदन दिएपछि एन्फाको पुनरावलोकन समितिले कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।

एन्फाले चारै खेलाडीमाथि गरिएको जनही ५० हजार रुपैयाँ जरिवानाको सजाय भने यथावत रहने जनाएको छ । एन्फाको अनुशासन समितिले चारै खेलाडीलाई कारबाही गर्दै कम्तिमा डेढ महिना राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो