भारतीय राजदूत पुरीले गरे प्रधानमन्त्री ओलीसँग बिदाई भेट « Khabarhub

भारतीय राजदूत पुरीले गरे प्रधानमन्त्री ओलीसँग बिदाई भेट


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुरी दम्पत्तिले प्रधानमन्त्रीलाई भेट गरेका हुन्। भेट क्रममा प्रधानमन्त्री ओलीले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसअघि उनले कांग्रेसका सभापतिलगायतलाई भेट गरेका थिए।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लञ्च’ गराएका थिए। लञ्च मिटिङमा देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि बोलाएका थिए।

पुरी सन् २०१७ मार्चमा नेपाल आएका हुन्। उनी तीन वर्षपछि कार्यकाल सकेर फर्कंदैछन्।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ७ : ५० बजे

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको

रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते

मस्को- पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको