हुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राहीलाई सास्ती « Khabarhub

हुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राहीलाई सास्ती


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् ।

जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका हुन् । चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेपछि नागरिकता बनाउन जाने सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिँचाइ सवडिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, भेटेनरी तथा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय लगायतमा कार्यालय प्रमुख नरहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल जानकारी दिए ।

सरकारी कार्यालयमा कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा काम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १० : ०० बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन