विप्लवका दुई कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

विप्लवका दुई कार्यकर्ता पक्राउ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको विप्लव समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको बस्नेतले बताए ।

स्थानीय सामुदायिक वनमा नियमानुसार दाउरा काटिरहेका उपभोक्तालाई धम्की दिएको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

टेकबहादुर, राज्यविरुद्ध सङ्गठित अपराध र राजद्रोहविरुद्धको मुद्दा गरी दुई मुद्दाका अभियुक्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ४८ बजे

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार

वीरगञ्ज– पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर

पर्सामा फेरी बढ्दै हैजा, एकैदिन थपिए २७ जना बिरामी 

काठमाडौं– पर्सामा फेरी झाडापखाला तथा हैजाका बिरामी बढ्न थालेका छन्

मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)

काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक

जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ ।  दशैंको पहिलो

जेन-जी आन्दोलनको प्रभाव : यूएईले भिसा रोक्दा लाखौँ नेपाली प्रभावित हुने

काठमाडौं– भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि नेपालीको