फ्लप फिल्म ‘लप्पन छप्पन’ को सिक्वेलमा को को दोहोरिए ? « Khabarhub

फ्लप फिल्म ‘लप्पन छप्पन’ को सिक्वेलमा को को दोहोरिए ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्को वर्षको शिवरात्रीको अवसरमा रिलिज गर्ने गरी फिल्म ‘लप्पन छप्पन २’ निर्माणको घोषणा गरिएको छ । निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरे ।

‘लामो समयपछि कडा मेहनतका साथ म मेरो प्रोजेक्टसँगै ब्याक भएको छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु ।’, निर्देशक भट्टले फेसबूकमा लेखेका छन् ।

स्मरण रहोस्, यो फिल्मको पहिलो सिक्वेल असफल भएको थियो । दयाहाङ राई, सौगात मल्ल, वर्षा शिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको सम्पादन पक्ष त रुचाइएको थियो । तर फिल्मको कथा भने राम्रो नभएको फिल्मले प्रतिक्रिया पाएको थियो ।

फिल्म ‘लप्पन छप्पन २’ लाई निर्देशक भट्टले खतरनाक गेम शुरु हुन लागेको भनेका छन् । फिल्ममा सौगात, दयाहाङ, अर्पण थापा, सुरविना कार्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा अनुपविक्रम शाही पनि जोडिएका छन् ।

फिल्मको कथा, पटकथा र संवादमा पनि निर्देशक भट्ट छन् । ‘लप्पन छप्पन’ मा मुख्य भूमिकामा देखिएकी नायिका वर्षा शिवाकोटी भने यो सिक्वेलमा हुने छैनिन् ।

यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : ४१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको