आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको सहभागिता « Khabarhub

आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको सहभागिता


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक गैर आवसीय नेपाली महासंघ (एनआरएनए)ले सहभागिता जनाउने भएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एनआरएनएले राष्ट्रिय खेलकुदका विभिन्न नौ वटा प्रतियोगितामा सहभागीता जनाउने जानकारी दिएको हो ।

एनआरएनका २४ खेलाडीले कराते, तेक्वान्दो, जुडो, ब्याट्मिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सीङमा गरी नौ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नौ खेलमा प्रतिस्पर्धा गर्न एनआरएनएले विश्वका विभिन्न ७ देशबाट खेलाडी छनोट गरेको जानकारी दिएको छ ।
जसमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मलेसिया, यूएई, मकाउ, जापान र हङकङबाट छनोट गरेको एनआरएनएका महासचिव बद्री केसीले बताए ।

एनआरएनएले हरके देशका एनआरएनए शाखाहरुमा सूचना पठाइ त्यहाँबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउने बताएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टले राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडी सहभागी गराउने घोषणा महत्वपूर्ण भएको बताउँदै आफ्नो प्रतिभा देखाउने उपयुक्त माध्यम भएको बताए ।

अध्यक्ष भट्टले विश्वका चर्चित र माथिल्लो तहमा आएका खेलाडी बाहेकलाई राज्य वा अन्य कुनै क्षेत्रले सहयोग गर्न नसकेको बताउँदै आफ्नो स्तरमा नपुगेसम्म खेलाडीहरु आफैले मेहनत गर्नु परेको बताए ।

यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा हुने बताइएको थियो पछि माग—फागुनमा हुने बताइए पनि अहिले चैत्र अन्तिमसम्मका लागि सारिएको छ । तर, एनआरएनएले आफ्ना खेलाडी निश्चित समयका लागि आएकाले अहिले भनिएको समयमा प्रतियोगिता नभए समस्या आउने समेत बताएका छन् ।

एनआरएनए टोली

कराते
विजय गुरुङ
लक्ष्मण मगर
नान बहादुर थापा
जनक सिंह खड्का
नोर्वु तामाङ
लोक मान सिंह श्रेष्ठ
कुमार भुसाल
लोक बहादुर श्रेष्ठ
राम बहादुर तामाङ
विमला तामाङ
शान्ति देवी अधिकारी
अविरल घिमिरे

जुडो
मोहन बाम
बक्सिङ
प्रचण्ड केसी
लन टेनिस
अमृत पौडेल
संरक्षण बज्राचार्य

गल्फ
लव कुमार गुरुङ
ब्याड्मिन्टन
बिक्की बुढा
सूर्य गिरी
हिरा लाल श्रेष्ठ
एथ्लेटिक्स (म्याराथन)
नारी चन्द

तेक्वान्दो
नवीन श्रेष्ठ
पुष्प थापा मगर

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : २८ बजे

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी