सर्वोच्च अदालतमा शिशू स्याहार केन्द्र स्थापना « Khabarhub

सर्वोच्च अदालतमा शिशू स्याहार केन्द्र स्थापना


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशू स्याहार केन्द्र स्थापना गरिएको छ ।

सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशू स्याहार केन्द्रको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार उद्घाटन गरेका हुन् । सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिन शिशू स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत सम्झना सिम्खडाले जानकारी दिइन् ।

शिशू स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीका शिशूहरुको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च अदालत परिसर भित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरुका लागि आवश्यक खेलौना र श्रव्य दृष्य साग्रमीहरुको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : १२ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी