आजदेखि राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, टोलीमा ५० जना सहभागी | Khabarhub Khabarhub

आजदेखि राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, टोलीमा ५० जना सहभागी


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–९ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली आज(बुधबार) चीन प्रस्थान गर्दैछ।

राजकीय भ्रमणका क्रममा नेपालमा चीनको लगानी बढाउने र अनुदान सहयोग भित्र्याउन पहल हुनेछ । भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनाका विषयमा छलफल हुनेछ । त्यस्तै नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका विषयमा पनि छलफल हुनेछ । उक्त परियोजनाका लागि नेपालले ९ वटा सूची तयार पारेको छ ।

चीनबाट अन्तरदेशीय विद्युत प्रसारणलाइन विस्तार गर्ने, नौबिसे काठमाडौं सुरुङ मार्ग निर्माणलगायतका प्रस्ताव नेपालले तयार पारेको छ ।

त्यस्तै भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग रेलमार्गको विस्तृत अध्ययन प्रस्ताव राख्ने, हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्नेलगायतका विषयमा पनि कुराकानी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्या भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई पक्षीय हीतका विषयमा कुराकानी हुनेछ । त्यस्तै दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै भण्डारीले दोस्रो बीरआरआई सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो सम्मेलनमा राष्ट्रपतिले नेपालको चासोबारे धारणा राख्ने कार्यतालिका छ । त्यस्तै राष्ट्रपतिलाई उच्च सम्मान दिइने छ ।

राष्ट्रपतिले नेतृत्व गर्ने ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ८ : ३० बजे

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं– नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै