यस्तो छ हरर फिल्म ‘कठपुतली’ को फस्ट लूक « Khabarhub

यस्तो छ हरर फिल्म ‘कठपुतली’ को फस्ट लूक


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- हरर जानरामा निर्माण गरिएको चलचित्र ‘कठपुतली’को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको बिम्ब झल्काउने फस्ट लूक बुधवार सार्वजनिक गरेको हो ।

कुनै एक समयमा एक राज्यमा शासन गर्ने राजा र उनको दरबार वरिपरि रहेर तयार पारिएको कथा हरर र काल्पनिक भएको बताइएको छ ।

फिल्मलाई मौलिक कथामा रहेर तयार पारिएको हरर फिल्म भनिएको छ । फिल्मकी कार्यकारी निर्माता सम्पदा मल्लले यो फिल्म अहिले हेर्दै आइरहेका फिल्मभन्दा फरक भएको जानकारी गराइन् ।

फिल्मको निर्देशन भीमसेन लामाले गरेका हुन् । यसअघि उनले लघु चलचित्र निर्माण गरेर चर्चा कमाएका थिए । निर्देशक लामाले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरुको शीर्ष भूमिका रहेको यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको बताइएको छ । पोस्ट प्रोडक्सनको काम लण्डनमा भइरहेको छ ।

फिल्मलाई प्राविधिक रुपमा पनि बलियो बनाउन खोजेको बताइएको छ ।

यो फिल्मलाई पृथ्बी राना मगर र ईश्वर राईले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन यसै वर्ष हुने निर्माण टिमले जानकारी गराएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : २६ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका