प्रदीपलाई लिएर ‘प्रेम गीत ३’ निर्माणको घोषणा, यो मितिमा रिलिज हुने « Khabarhub

प्रदीपलाई लिएर ‘प्रेम गीत ३’ निर्माणको घोषणा, यो मितिमा रिलिज हुने


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे ।

नयाँ वर्षको अवसर पारेर यो फिल्म रिलिज हुनेछ । निर्माता सन्तोष सेन र छेतेन गुरुङले सयुंक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् ।

निर्माता सन्तोष सेनका अनुसार यो फिल्मको छायांकनको लोकेशन र पनि फाइनल भइसकेको बताइएको छ । फिल्मबारे थप जानकारी छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइनेछ ।

यसअघि सोही नामका दुई फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ व्यावसायिक रुपमा सफल भएका थिए । दुवै चलचित्रमा प्रदीप खड्का मुख्य अभिनेतामा थिए भने ‘प्रेम गीत’ मा प्रदीपको जोडी पूजा शर्मासँग थियो । यस्तै ‘प्रेम गीत २’ मा प्रदीपले अश्लेषा ठकुरीसँग रोमान्स गरेका थिए ।

‘प्रेम गीत ३’ मा प्रदीप खड्का दोहोरिने पक्का भए पनि निर्माण टिमले आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : ४५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र