‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक « Khabarhub

‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका – अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ भाग शुरु भइसकेको छ । यो सिरिजले संसारकै ध्यान तानेको छ । यसको पहिलो एपिसोड १४ अप्रैलमा रिलिज भएको थियो । यो सिजनलाई लिएर दर्शकमा निकै नै चासो पनि छ । किनकि यो अन्तिम भाग पनि हो ।

विश्वभर चर्चा रहेको यो फिल्मका कलाकारले कति पारिश्रमिक लिन्छन् । यसबारेमा जानौँः

सिजन ८ मा डेनेरियस टारगेरियनको भूमिका निभाएकी एमिलिया क्लार्कले प्रति एपिसोड ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् । यो पारिश्रमिक भनेको नेपाली झण्डै ८ करोड हो ।

जोन स्नोको भूमिका निभाएका किट हैरिंगटनले प्रति एपिसोड ७ लाख १० हजार पारिश्रमिक लिन्छन् । उनको पारिश्रमिक पनि नेपाली ८ करोडको हाराहारीमा हुन आउँछ । त्यस्तै सर्सी लेनिस्टरको भूमिका निभाएकी कलाकार लीना हेडेले पनि एक भागबाटै ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् ।

यो सिरिजको सिजन ८ मा जेमी लेनिस्टरको भूमिका निभाएकी कलाकार निकोलाज कोस्टरले नेपाली ७ करोड ५० लाखको हाराहारीमा पारिश्रमिक लिने गर्छिन् । यस्तै टीरियोन लेनिस्टरको भूमिका निभाएका कलाकार पीटर डिङ्टेल पनि सोही यति नै पारिश्रमिक लिने गर्छन् ।

यस्तै सान्सा स्टार्कको भूमिका निभाउने कलाकार सोफी टर्नरले प्रति एपिसोड २ लाख १० हजार डलर पारिश्रमिक पाउँछन् । यो नेपालीमा २ करोड ३५ लाख जति पारिश्रमिक हुन आउँछ ।

यस्तै आर्या स्टार्कको भूमिका निभाएकी कलाकार मेसी विलियम्स र ब्रेन स्टार्कको भूमिका निभाएका कलाकार आइसेक हेम्प्सटेड राइटले पनि प्रति भाग साढे दुई करोड नेपाली पारिश्रमिक लिन्छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ४ : ३४ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती