आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट ल्याउन सुझाव « Khabarhub

आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट ल्याउन सुझाव


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट निर्माण गर्न आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले तीन वर्षयता लगातार कायम हुँदै आएको उच्च आर्थिक वृद्धिदरलाई कायमै हुने गरी सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणमा आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

बुधबार काठमाडौंमा आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना गरिएको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले व्यापार घाटा कम गराउने विषयमा पनि सरकारलाई सुझाव दिन सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले विपद व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा पनि सरकारलाई परामर्श दिनुपर्ने खाँचो पनि औंल्याए । सरकारले आगामी आर्थिक वर्षको बजेट आगामी जेठ १५ गते सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले बजेट ल्याउन सरकारको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्दछ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ४९ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली