आठौं राष्ट्रिय खेलकूद सम्पन्न (पदक तालिका सहित) « Khabarhub

आठौं राष्ट्रिय खेलकूद सम्पन्न (पदक तालिका सहित)


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके-आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रतियोगिताको समापन गरेका हुन् ।

समापन समारोहमा उपराष्ट्रपति पुनले स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई पुरस्कार प्रदान गरे । समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी थिए ।

समापन समारोहमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले २०७७ सालमा हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजक गण्डकी प्रदेशका खेलकुद विकास समितिका पदाधिकारीलाई खेलकूदको झण्डा हस्तान्तरण गरे ।

यस्तै आठौं खेलकूदको झण्डा अवतरण राखेपका विभागीय प्रमुख कूलबहादुर रानाले गरे । समापन समारोहमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले ऐतिहासिक रुपमा प्रतियोगिता सम्पन्न भएको बताए । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणका साथ आठौँ खेलकूद सम्पन्न भएको बताए ।

गत चैत २७ गतेदेखि खेल शुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहबीच गरेकी थिइन। ‘आठौँ राष्ट्रिय खेलकूद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ मूल नाराका साथ भएको प्रतियोगितामा झण्डै पाँच हजार खेलाडी सहभागी भएका थिए ।

उक्त प्रतियोगिता बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, काठमाडौँ, ललितपुर र पोखरा भएको थियो । प्रतियोगितमा ३५ खेल समावेश गरिएको थियो ।

पदक तालिका

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : ४५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष