मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको यस्तो अपेक्षा « Khabarhub

मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको यस्तो अपेक्षा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लोकसभा चुनावको नतिजामा नरेन्द्र मोदी नेतृत्वको एनडीएले ठूलो जीत हात पारेको छ । जीतसँगै मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न गइरहेका छन् ।

यो जीतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर बधाइ दिएका छन् । उनले लेखेका छन्,‘म प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी तथा उसको सहयोगी दलको जीतका लागी बधाई दिन्छु । दक्षिण एशिषमा शान्ति, प्रगति र समृद्धिका लागि उनको साथ काम गर्नेमा आशावादी छु ।’

निर्वाचन आयोगका अनुसार बीजेपीले गठवन्धनले ३४३ स्थानमा जीत हात पारेको छ भने कांग्रेस नेतृत्वको गठवन्धनले ९५ स्थानमा जीत हात पारेको छ ।

बिजेपीले एकल रुपमा ३०३ सीटमा जीत हात पार्दा कांग्रेसले ५२ सीटमा जीत हात पारेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सीटमा चार लाख भन्दा धेरै सीटको अन्तरले जीत हासिल गरेका छन् भने आफ्नो पारम्परिक सीट अमेठीबाट उनले पराजय व्यहोरोका छन् । अमेठीमा बीजेपी उम्मेदवार स्मृति इरानीले राहुल गान्धीलाई पराजित गरिन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १० : ५२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह