सिक्किममा ढल्यो चाम्लिङको २५ वर्ष लामो शासन « Khabarhub

सिक्किममा ढल्यो चाम्लिङको २५ वर्ष लामो शासन


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिक्किम– भारतको इतिहासमा सबैभन्दा लामो समय २५ वर्षसम्म राज्यमा सरकार चलाएका सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको पार्टी विधानसभा चुनावमा पराजित भएसँगै मुख्यमन्त्रीका रुपमा उनको अविराम यात्रा पनि सकिएको छ ।

विधानसभाको चुनावमा प्रेमसिंह तामाङको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि मुख्यमन्त्रीका रुपमा चाम्लिङको यात्रामा विराम लागेको हो ।

बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले केबल १५ सिट जितेको छ ।

सन् १९९४ देखि चाम्लिङ सिक्किमका मुख्यमन्त्री रहँदै आएका थिए । राज्यमा सरकार बनाउन १६ सिट आवश्यक पर्नेमा तामाङ्ले राज्यमा नयाँ सरकार गठन गर्नेछन् ।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १० सिट जितेको थियो भने चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले २२ सिट जितेको थियो ।

त्यस्तै राज्यका लागि छुट्याइएको १ लोकसभा सिटमा पनि तामाङको पार्टी नै विजयी भएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १२ : २३ बजे

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य

ड्रोनबाट यस्तो देखियो, गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला– जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट