सिक्किममा ढल्यो चाम्लिङको २५ वर्ष लामो शासन « Khabarhub

सिक्किममा ढल्यो चाम्लिङको २५ वर्ष लामो शासन


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिक्किम– भारतको इतिहासमा सबैभन्दा लामो समय २५ वर्षसम्म राज्यमा सरकार चलाएका सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको पार्टी विधानसभा चुनावमा पराजित भएसँगै मुख्यमन्त्रीका रुपमा उनको अविराम यात्रा पनि सकिएको छ ।

विधानसभाको चुनावमा प्रेमसिंह तामाङको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि मुख्यमन्त्रीका रुपमा चाम्लिङको यात्रामा विराम लागेको हो ।

बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले केबल १५ सिट जितेको छ ।

सन् १९९४ देखि चाम्लिङ सिक्किमका मुख्यमन्त्री रहँदै आएका थिए । राज्यमा सरकार बनाउन १६ सिट आवश्यक पर्नेमा तामाङ्ले राज्यमा नयाँ सरकार गठन गर्नेछन् ।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १० सिट जितेको थियो भने चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले २२ सिट जितेको थियो ।

त्यस्तै राज्यका लागि छुट्याइएको १ लोकसभा सिटमा पनि तामाङको पार्टी नै विजयी भएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १२ : २३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका