राजुको ९० रनमा आर्मीद्वारा प्रदेश २ लाई २सय७९ रनको लक्ष्य « Khabarhub

राजुको ९० रनमा आर्मीद्वारा प्रदेश २ लाई २सय७९ रनको लक्ष्य


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर २ लाई २सय७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २सय७८ रन बनाएको हो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय पारी खेले । यस्तै, आपनिङ ब्याट्सम्यान राजु रिजालले शतक नजिक पुगेर आउट भए । उनले १सय९ बलमा ९० रन बनाए । यस्तै, कप्तान बिनोदले ६६ रन बनाउँदा रोहित कुमार पौडेलले ४७ रन बनाए ।

हरि चौहानले २६ रन र सुशन भारी १२ रनमा अविजित रहे । आर्मीविरुद्ध प्रदेश २ का हरिशंकर शाहले ३ विकेट लिएका थिए ।

आजै देखि शुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशव कुमार बिष्टले गरेका थिए । प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

यसअघि प्रतियोगिता मुलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गर्ने बताएको राखेपले तयारी पुरा गर्न नसक्दा कीर्तिपुरमै गराइएको हो ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : २५ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र