राजुको ९० रनमा आर्मीद्वारा प्रदेश २ लाई २सय७९ रनको लक्ष्य « Khabarhub

राजुको ९० रनमा आर्मीद्वारा प्रदेश २ लाई २सय७९ रनको लक्ष्य


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर २ लाई २सय७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २सय७८ रन बनाएको हो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय पारी खेले । यस्तै, आपनिङ ब्याट्सम्यान राजु रिजालले शतक नजिक पुगेर आउट भए । उनले १सय९ बलमा ९० रन बनाए । यस्तै, कप्तान बिनोदले ६६ रन बनाउँदा रोहित कुमार पौडेलले ४७ रन बनाए ।

हरि चौहानले २६ रन र सुशन भारी १२ रनमा अविजित रहे । आर्मीविरुद्ध प्रदेश २ का हरिशंकर शाहले ३ विकेट लिएका थिए ।

आजै देखि शुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशव कुमार बिष्टले गरेका थिए । प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

यसअघि प्रतियोगिता मुलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गर्ने बताएको राखेपले तयारी पुरा गर्न नसक्दा कीर्तिपुरमै गराइएको हो ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : २५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा