महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा बजेट वृद्धि गरिनुपर्छ: मन्त्री थापा « Khabarhub

महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा बजेट वृद्धि गरिनुपर्छ: मन्त्री थापा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा बजेट वृद्धिको आवश्यकता रहेको बताएकी छिन् ।

सिंहदरबारमा शुक्रबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन सो क्षेत्रको बजेट बृद्धि हुनुपर्ने बताइन् ।  मन्त्री थापाले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन लागिएको जानकारी पनि दिइन् ।

एकीकृत बालगृह सञ्चालन मापदण्ड लागू गरिने र तीनै तहमा रहने गरी बालअधिकार परिषद्, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समिति गठनसमेत हुने उनले बताइन् । उनले गृह मन्त्रालयअन्तर्गत रहेको बालबालिकाको हितमा कार्यरत नेपाल बालसङ्गठनलाई महिला मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको बताइन् ।

बैठकमा समिति सदस्यहरुले वृद्धाश्रम खोल्ने प्रवृत्तिलाई अन्त्य गरी वृद्धवृद्धालाई घरपरिवारमा नै राख्नुपर्ने, बाल सङ्गठनको सञ्चालन जिल्ला समन्वय समितिअन्तर्गत हुनुपर्ने धारणा राखेका थिए । बैठकले बालबालिकाको अधिकारलाई ख्याल गर्दैै उचित संरक्षण गर्न गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले नयाँ ऐन र मापदण्ड ननुन्जेल नयाँ बालगृह खोल्ने कार्य नगराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ०० बजे

महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य

काठमाडौं– महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट