वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस् | Khabarhub Khabarhub

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस्


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाईं घरमा वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? इन्टरनेट प्रदायकलाई रकम तिरेपनि नेट स्लो वा वाइफाइको सिग्नल कमजोर आएका कारण दिक्क भएकाहरुलाई राहत हुने भएको छ ।

शोधकर्ताहरुले वाइफाइ कमजोर भएको खण्डमा उपाय अपनाउने तथ्य फेला पारेका छन् ।

शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउने दाबी गरेका छन् ।

राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतर्फ फिजिन्छ । तर आल्मुनियम फोइल लगाउनाले तरंगले एक दिशामा काम गर्न थाल्छ, जसले तपाईलाई फाइदा पुग्न सक्छ ।

डार्टमाउथका शोधकर्ता इन्जिनियरका अनुसार यसले कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढाउँन मद्दत गर्छ ।  यसले भवनको इन्टेरियर डिजाइन, विभाजन तथा अन्य रोकावटको प्रभावलाई कम गर्न सहयोग गर्छ ।

आल्मुनियमको पाता लगाउँदा पनि केही कुरामा ध्यान पुर्‍ याउन जरुरी हुन्छ । त्यसका लागि पातालाई यसरी प्रयोग गर्न जरुरी छ कि यसले जसले गर्दा वाइफाइको सिग्नललाई तपाईले चाहेको कोठा तर्फ फर्काउन सकोस् ।

केही क्षेत्रमा तरंग रोक्नाले केही फाइदा पनि हुनछन् । जस्तै काँचका झ्याल लगायतका चिजमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टरनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुन्छ ।

इन्टरनेट तरंगलाई यसरी दिशा प्रदान गर्दा विभिन्न अवरोधमा कमी त आउँछ नै यसले वाइफाइको सुरक्षामा पनि वृद्धि गर्दछ ।

किनकी आल्मुनियम फोइलले वाइफाइ ह्याक गर्ने प्रयत्नमा रहेकाहरुसम्म वा साइबर हमलाकारी तपाईको वाइफाइ सिग्नल सम्म पुग्न सक्दैनन् ।
यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाइ सिग्नल कमजोर हुने र वाइफाइ अरुले चोर्ने समस्या कम हुन्छ । एकपटक प्रयोग गरेर हेर्ने कि ?

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : २७ बजे

बत्तीसपुतलिमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला