मुलुकमा अब हतियारको राजनीति चल्दैनः वरिष्ठ नेता नेपाल « Khabarhub

मुलुकमा अब हतियारको राजनीति चल्दैनः वरिष्ठ नेता नेपाल


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विप्लव नेकपालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरेका छन् ।

बाँकेमा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताए ।  विप्लव नेकपालाई लक्षित गर्दै मुलुकमा हतियारको राजनीतिलाई सम्भव नरहेको  स्पष्ट पारे ।

नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरे ।  उनले नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोडिएर अघि बढ्न आग्रह गरे । जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं सांसद् महेश्वर गहतराजलगायतले जिल्ला कमिटी सदस्यलाई बधाई तथा शुभकामना दिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : २५ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार