भारतीय नक्कली नोटसहित पक्राउ परेका युनुस सार्वजनिक (फोटो फिचर) « Khabarhub

भारतीय नक्कली नोटसहित पक्राउ परेका युनुस सार्वजनिक (फोटो फिचर)


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नक्कली नोटसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । नोट नोट कारोबारमा पटक/पटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका अन्सारीलाई शुक्रबार अपराह्न सार्वजनिक गरेको हो ।

पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको दुई हजार दरका सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेका हुन् । नक्कली नोटको कारोवारमा उनका नातेदारसमेत संलग्न हुने गरेको रहस्य पनि खुलेको छ । विशेष सुराकीको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेको हो ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारतीय रुपैयाँका बारे सञ्चारकर्मीलाइ जानकारी दिँदै महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्री ।

नक्कली भारतीय रुपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यविनायक नगरपालिका–५ बालकोटका सुदन रानाभाट छन् । खान अन्सारीका सालो हुन् भने रानाभाट गाडी चालक ।

पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए । नक्कली नोट चलनमा पटक-पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ५१ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।