संखुवासभा पहिराले थुनिए २८ परिवार, मौसम सफा नभएकाले उद्धार र राहतमा समस्या | Khabarhub Khabarhub

संखुवासभा पहिराले थुनिए २८ परिवार, मौसम सफा नभएकाले उद्धार र राहतमा समस्या


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा–संखुवासभाको मकालु गाउँपालिकामा पहिरोका कारण २८ परिवार थुनिएका छन् । असार ३ गते गएको पहिरोले उनीहरु थुनिएका हुन् । उनीहरु ६ दिनदेखि राम्रोसँग निदाउन पाएका छैनन् । भीषण वर्षाले अधिकांश भूभागमा पहिलो गएको छ ।

भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको छ । पहिरोमा फसेकाले उद्धारको पर्खाइमा रहेको बताएका छन् । उनीहरु कतिपयले खुल्ला आकाशमा रात काटिरहेका छन् ।

विस्थापितका लागि नजिकका बजार नुम र हेदान्ना हुन्। तर यहाँसम्म पुग्ने बाटो पहिरोले भत्काइदिएको छ। बाटो नभएपछि गाउँमै थुनिएर बस्नुपरेको स्थानीयले बताए।

भएको अन्नपात सकिएपछि अब के खाने भन्ने चिन्ता उनीहरूमा छ । बालबालिका स्कुल जान पाएका छैनन्। विद्यालयसम्म पुग्ने बाटो छैन। पहिरोले भत्किएको बाटो पुनः सञ्चालनमा ल्याउन महिनौं लाग्न सक्ने गाउँले बताउँछन्। पहिरोको बाटो हिँड्ने सक्ने अवस्थामा नरहेको स्थानीय शैलेन्द्र राईको भनाइ छ। खानेपानीको मुहान पनि पहिरोले बगाएकाले धेरै समस्या भएको उनले बताए।

मकालु गाउँपालिकाले पहिरो पीडितका लागि सदरमुकाम खाँदबारीमा राहत सामग्री तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । खाँदबारीबाट सेनाको हेलिकप्टरमार्फत राहत लैजाने तयारी भएको उनको भनाइ छ ।

मौसम सफा नभएकाले आइतबार सेनाको हेलिकप्टरबाट राहत सामग्री वितरण हुन नसकेको डीएसपी मिमबहादुर लामाले जानकारी दिए। ‘सबै सामग्री तयारी अवस्थामा छन्,’ उनले भने, ‘हेलिकप्टर आएर बस्ने अवस्था नभएपछि उद्धार र राहतमा समस्या भयो।’ उच्च हिमाली भेग रहेकाले मौसममा सुधार आउन नसक्दा हेलिकप्टर लैजान नसकिएको उनले बताए।

थुनिएकालाई उद्धार गरी नुम र हेदान्ना ल्याउने तयारी गरिएको लामाको भनाइ छ। पहिरो गएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली नुम र अरुण तेस्रो आयोजनाको ड्यामसाइडसम्म पुगेर फर्किएको थियो। ‘त्यहाँभन्दा उता हिँडेर जाने सडक नभएपछि हामी पनि फर्कियौं,’ उनले भने, ‘पहिरो हेर्दा कहालीलाग्दो छ।’ मानवीय क्षति भने भएको छैन । प्रहरीलाई पनि क्षतिको विवरण संकलन गर्न ४ दिनभन्दा बढी लागेको थियो।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ३५ बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट