९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’! « Khabarhub

९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’!


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको समाचार कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।

स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन्। कोइराला अधिवक्ता हुन्।

पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ।

‘उत्तरपुस्तिकामा दिइएको नम्बर र क्याम्पसमार्फत उपलब्ध गराइने मार्कसिटमा नम्बर फरक पारिएको रहेछ,’ पनिकाका एक कर्मचारीले भने, ‘पछि पनिका बल्खुले ट्रान्सक्रिप्टमा पनि नम्बर बढाएर दिएपछि उनले गोल्ड मेडल पाएका रहेछन्।’

स्रोतअनुसार एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका छन्। अन्य विषयमा पनि जथाभावी नम्बर थपेर ट्रान्सक्रिप्ट दिइएको छ।

कोइरालालाई २०७२/७३ को वार्षिक परीक्षाको नतिजामा नम्बर थपेर सर्वोत्कृष्ट बनाइएको हो। स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयमा रहने लेजरमा समेत सच्याएर शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ।

परीक्षार्थीबाट रकम लिएर पनिकाका उच्चस्तरका कर्मचारीले किर्ते शैक्षिक प्रमाणपत्र जारी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

अख्तियारले नम्बर थपेर प्रमाणपत्र जारी गरेको आरोपमा गोप्य शाखाका अधिकृत रामु कर्माचार्यलाई दुई साताअघि र विद्यार्थी कोइरालालाई गत बुधबार पक्राउ गरेको छ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ५९ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु