मेवा खाँदा के साँच्चै गर्भपतनको खतरा रहन्छ त ? यसो भन्छन् चिकित्सक « Khabarhub

मेवा खाँदा के साँच्चै गर्भपतनको खतरा रहन्छ त ? यसो भन्छन् चिकित्सक


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मेवा स्वास्थ्यका लागि स्वस्थवर्द्धधक फल हो । मेवामा अधिकमात्रामा भिटामिन ए पाइने हुँदा चिकित्सकहरुले पनि कमजोरी भएको बेला तथा विरामीहरुलाई मेवा तथा पाकेको फलफूल खान परामर्श दिन्छन् ।

तर मेवा बढी मात्रामा खानु भने खतरनाक हुन सक्ने चिकित्सक बताउँछन् । किनकी मेवामा ‘बेन्जाइल आइसोथायोसाइनेट’ पाइन्छ, जसको अधिक मात्रा शरीरका लागि विषाक्त हुन सक्छ । त्यस्तै गर्भवती महिलाका लागि पनि मेवा खानु फाइदाजनक मानिदैन । यसले गर्भपतनको खतरा हुन्छ । कतिपय डाक्टरहरु मान्छन् कि गर्भवतीले मेवा खानबाट बच्नुपर्छ । अझ काँचो मेवा त खानै हुँदैन । किनकि, काँचो मेवामा एक यस्तो इन्जाइम हुन्छ, जसले पाठेघरको खुम्च्याउन मद्दत गर्छ । जसका कारण गर्भपतन हुने खतरा बढी रहन्छ ।

पाकेको मेवामा यो इन्जाइमको मात्रा केही कम हुन्छ । तैपनि, गर्भवती अवस्थामा यसको सेवनले केही खतरा भने निम्त्याउन सक्ने उनीहरुको दाबी छ । साथै प्रसूतिपछि पनि केही हप्ता मेवा नखान उनीहरु सल्लाह दिन्छन् । यस्तो अवस्थामा मेवाको पात पनि उत्तिकै खतरनाक हुन्छ । मेवाको पातमा ‘पपाइन’ नामक कम्पाउन्ड हुन्छ जुन शिशुका लागि प्राणघातक हुन सक्ने चिकित्सक बताउँछन् । यसले शिशुमा ‘बर्थ डिफेक्ट’ पनि निम्त्याउन सक्छ ।

त्यतिमात्र नभएर मेवामा भारी मात्रामा ल्याटेक्स (चोप) हुन्छ । यसले एलर्जी गराउँछ । मेवाको बिउले पुरुषलाई नपुंसक बनाउन सक्ने चिकित्सहरु बताउँछन । यसले वीर्यमा शुक्रकीटको संख्या घटाउँछ, र शुक्रकीटको ‘मोबिलिटी’मा पनि असर गर्न सक्नेतर्फ चिकित्सकहरु सचेत रहन सल्लाह दिन्छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : २६ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५