मेवा खाँदा के साँच्चै गर्भपतनको खतरा रहन्छ त ? यसो भन्छन् चिकित्सक « Khabarhub

मेवा खाँदा के साँच्चै गर्भपतनको खतरा रहन्छ त ? यसो भन्छन् चिकित्सक


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मेवा स्वास्थ्यका लागि स्वस्थवर्द्धधक फल हो । मेवामा अधिकमात्रामा भिटामिन ए पाइने हुँदा चिकित्सकहरुले पनि कमजोरी भएको बेला तथा विरामीहरुलाई मेवा तथा पाकेको फलफूल खान परामर्श दिन्छन् ।

तर मेवा बढी मात्रामा खानु भने खतरनाक हुन सक्ने चिकित्सक बताउँछन् । किनकी मेवामा ‘बेन्जाइल आइसोथायोसाइनेट’ पाइन्छ, जसको अधिक मात्रा शरीरका लागि विषाक्त हुन सक्छ । त्यस्तै गर्भवती महिलाका लागि पनि मेवा खानु फाइदाजनक मानिदैन । यसले गर्भपतनको खतरा हुन्छ । कतिपय डाक्टरहरु मान्छन् कि गर्भवतीले मेवा खानबाट बच्नुपर्छ । अझ काँचो मेवा त खानै हुँदैन । किनकि, काँचो मेवामा एक यस्तो इन्जाइम हुन्छ, जसले पाठेघरको खुम्च्याउन मद्दत गर्छ । जसका कारण गर्भपतन हुने खतरा बढी रहन्छ ।

पाकेको मेवामा यो इन्जाइमको मात्रा केही कम हुन्छ । तैपनि, गर्भवती अवस्थामा यसको सेवनले केही खतरा भने निम्त्याउन सक्ने उनीहरुको दाबी छ । साथै प्रसूतिपछि पनि केही हप्ता मेवा नखान उनीहरु सल्लाह दिन्छन् । यस्तो अवस्थामा मेवाको पात पनि उत्तिकै खतरनाक हुन्छ । मेवाको पातमा ‘पपाइन’ नामक कम्पाउन्ड हुन्छ जुन शिशुका लागि प्राणघातक हुन सक्ने चिकित्सक बताउँछन् । यसले शिशुमा ‘बर्थ डिफेक्ट’ पनि निम्त्याउन सक्छ ।

त्यतिमात्र नभएर मेवामा भारी मात्रामा ल्याटेक्स (चोप) हुन्छ । यसले एलर्जी गराउँछ । मेवाको बिउले पुरुषलाई नपुंसक बनाउन सक्ने चिकित्सहरु बताउँछन । यसले वीर्यमा शुक्रकीटको संख्या घटाउँछ, र शुक्रकीटको ‘मोबिलिटी’मा पनि असर गर्न सक्नेतर्फ चिकित्सकहरु सचेत रहन सल्लाह दिन्छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : २६ बजे

गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि

‘शिवांश’ पनि हलबाट निकाले, फागुन १ का तीनै फिल्म रोकिए

काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘श्री

नकाब लगाएर सिंहदरबार जलाउन कसैले पाउँदैन : सभापति थापा

काठमाडौं– जनकपुरधामको सभालाई सम्बोधन गर्दै उनले नकाब लगाएर सिंहदरबार जलाउन

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले