विश्वकप क्रिकेट : अंक जोड्ने लक्ष्यमा अफगानिस्तान, तालिकामा बढुवाको खोजिमा बंगलादेश « Khabarhub

विश्वकप क्रिकेट : अंक जोड्ने लक्ष्यमा अफगानिस्तान, तालिकामा बढुवाको खोजिमा बंगलादेश


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगर्त आज (सोमबार) बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् । साउथ ह्यामटनस्थित ह्याम्पसायर बोमा हुने खेल नेपाली समय अनुसार सबा ३ बजे शुरु हुनेछ ।

विश्वकपमा अहिलेसम्मका खेलमा राम्रो प्रदर्शन गर्न नसकेको अफगानिस्तानसँगको खेलमा बंगलादेश सहज जीतको खोजिमा रहेको छ । तर, गएको शनिबार भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दा पनि हार व्यहोरेको अफगानिस्तान बंगलादेशसँग अंक खोस्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

६ खेल खेलिसक्दा विश्वकपको अंक तालिकामा अंक जोड्न नसकेको अफगानिस्तान ७ औं खेलसम्म आइपुग्दा पनि अंक तालिकामा खाता खोल्ने लक्ष्यमै रहेको छ ।

विश्वकपमा बंगलादेशका शाकिब अल हसनले चर्चा पाइरहेका छन् । उनले टोलीका लागि महत्वपूर्ण जित निकाल्न योगदान दिएका छन् भने अन्य ब्याट्सम्यानहरु पनि लय समाती रहेका छन् । त्यस्तोमा अफगानिस्तानलाई अफ्ठ्यारो पर्न सक्छ ।

यद्यपी, अफगानिस्तानका लागि मोहम्मद नाभि पनि आक्रामक र टिकेर खेल्न सक्ने ब्याट्सम्यान छन् । उनी माथि अफगानिस्तानको ब्याटिङको भरोसा रहन्छ । तालिकामा अंक जोड्न नसकेको अफगानिस्तान पुछारमा रहँदा बंगलादेशले ६ खेलबाट ५ अंक जोडेर तालिकाको छैठौं स्थानमा रहेको छ । अफगानिस्तानलाई पराजित गर्दै अंक तालिकामा माथि उक्लिने लक्ष्यमा बंगलादेश रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : ३२ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको