कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलरको लगानी गर्ने « Khabarhub

कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलरको लगानी गर्ने


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ ।  कतारको सरकारी समाचार संस्था क्यूएनएले जनाएअनुसार पाकिस्तानमा कतारले प्रत्यक्ष लगानी तथा निक्षेप गरी ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको हो ।

कतारको यो लगानीले पाकिस्तान र कतारबीचको आर्थिक साझेदारी ९ अर्ब अमेरिकी डलरसम्म पुग्ने कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई उद्धृत गर्दै क्यूएनएले जनाएको छ । गत महिनामात्र पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण मिनाहाका लागि पहल शुरु गरेको थियो ।

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान कमजोर बन्दै गएको सार्वजनिक वित्त तथा ओरालो लाग्दै गएको अर्थतन्त्रलाई उकास्न संघर्षरत छ । पाकिस्तानले आफ्नो अर्थतन्त्रलाई स्थीर बनाउन खाडी मुलुक तथा अन्तर्राष्ट्रिय दाताहरुसँग ऋण खोजिरहेको बताइन्छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ३९ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को