इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प « Khabarhub

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया- इन्डोनेसिया शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ ।

पपुवामा ६.१ म्याग्नीच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराईमा मात्र गएको थियो ।

भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ । यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको छ ।

गत वर्ष ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा आचेह प्रान्तमा आएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण सिर्जित सुनामीबाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ५ : ५५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट