उच्च शिक्षामा अराजकता रहेको मन्त्री पोखरेलद्वारा स्वीकार « Khabarhub

उच्च शिक्षामा अराजकता रहेको मन्त्री पोखरेलद्वारा स्वीकार


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चशिक्षामा अराजकता रहेको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि शीर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले उच्चशिक्षामा अराजकता रहेको बताए ।

उनले उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भइरहेको जानकारी दिए । विद्यालय शिक्षासँग सम्बन्धित र उच्च शिक्षासँग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘उच्च शिक्षामा अराजकता पनि छ । विश्वविद्यालयहरुका विविध प्रकारका समस्या छन् । हिजोको क्षेत्रगत र आजको प्रादेशिक ढंगले रहेका विश्वविद्यालयहरुका काठमण्डौमा सम्पर्क कार्यालयहरु थिए । तिनीहरुलाई बन्द गरिए । सबै विश्वविद्यालयलाई एउटा प्रणाली तर्फ लैजानका लागि काम गरिरहेका छौं ।”

चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहल बारे जानकारी गराउँदै उनले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनोटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको जानकारी दिए ।

उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावली, साझा प्रवेश परीक्षा र शुल्क सम्बन्धी अलग–अलग कार्यदलले कामहरु अगाडि बढाइरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने बताए । ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पूर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि स्पष्ट पारे ।

सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगति बारेमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि भएको पहल बारे जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : २८ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको