मकालुका विस्थापित परिवारलाई राहत सामग्री « Khabarhub

मकालुका विस्थापित परिवारलाई राहत सामग्री


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- संखुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरो विस्थापितका लागि राहत सामग्री ढुवानी गरिएको छ । तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरिएको हो ।

आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिको थिएन । मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, १ सय किलो नुन र ७२ थान त्रिपाल खरीद गरेको थियो ।

पहिरोबाट मकालु–५, पेपुवाका चार गाउँका २९ परिवार विस्थापित भएका छन् । २२ घर उच्च जोखिममा रहेको राईले बताए । विस्थापित २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ती परिवारका वृद्धवृद्धा र बालबालिकालाई हेलिकप्टरबाट गाउँपालिकाको केन्द्रमा ल्याइएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : २७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन