नाटकीय शैलीमा व्यवसायीको अश्लिल भिडियो बनाई ५० लाख फिरौती मागेपछि… « Khabarhub

नाटकीय शैलीमा व्यवसायीको अश्लिल भिडियो बनाई ५० लाख फिरौती मागेपछि…


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– समाजमा लुटेराहरु अनेक तौर तरिका अपनाउँदै कसैले धम्क्याएर त कसैले डर त्रास देखाएर लुट्न उद्दत भएको पाइन्छ । अझ त्यो भन्दा रोचक त लामो समयदेखि योजनावद्ध तरिकाले नाटकीय शैलीमा लुटिएका घटना छन् । हालै यस्तै अर्को घटना सार्वजनिक भएको छ झापामा ।

झापामा एक व्यापारीमाथि केही लुटेरा समुहले योजनावद्ध तरिकाले लुट्न खोजेको घटना त्यतिबेला सार्वजनिक भयो, जब घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्‍यो । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडका एक व्यवसयीलाई ‘हनिट्रयाप’मा पार्दै ४० लाख रकम फिरौती माग्ने चार जनालाई मंगलार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

बिर्तामोड–४ का मिराज खान, इलाम घर भई हाल बिर्तामोड–२ मा बस्दै आएकी ऋतु फियाक लिम्बु, भारतको दार्जेलिङका सञ्जय क्षेत्री भनिने सुजन शङ्कर र बिर्तामोड–४ का प्रकाश दासले लामो सयमदेखि ती व्यापारीलाई लुट्नका लागि योजना बुनेको रहस्य पर्दाफास भएको हो ।

इलाका प्रहरी कार्यालयका डिएसपी मोहनकुमार थापाका अनुसार बिर्तामोडका व्यवसायीलाई अपरिचित केटीको नम्बरमा फोन आउँछ । त्यही बाट सुरु भएको साथीको सम्बन्ध झागिँदै माया, प्रेम हुँदै गोप्य गफ हुन थाल्छ ।

केही दिनको अन्तरालमा उनीहरुबीच भेटघाटको कुरा हुन्छ । उनीहरुको बिर्तामोडमै भेट हुन्छ । करिब १९ वर्षकी युवती देखेपछि व्यापारी पनि मक्ख पर्छन् । व्यवसायीले होटेल जाने प्रस्तावलाई नकार्दै ती युवतीले कोठामा जान प्रस्ताव गर्छिन् । दुवै कोठामा पुग्छन् ।

केहीबेरमा नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँ छन् । ढोका खोल्दा एक युवक भित्र छिर्छन् । दुवै जनालाई गाली गर्नुका साथै कुटपिट गर्न थाल्छ । उनी हुन्छन– सञ्जय क्षेत्री भनिने सुजन शंकर ।

उनले ती व्यवसायीलाई एउटा नम्बर दिन्छन् र फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान नामका अर्का व्यक्ति आइपुग्छन् ।

मिराजलाई केटीलाई सुरक्षित ठाउँमा छाड्न जान्छन् र पुनः त्यही आउँछन् । त्यस बेलासम्ममा शंकरले ती व्यवसायी धम्क्याउँदै नाङ्गो भिडियो तयार गरिसकेका हुनछन् ।  दुवै जनालाई राखेर शंकरले ५० लाख रुपैयाँको माग गर्छन् । पैसा नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिन्छन् ।

४० लाख रुपैयाँमा मन्जुरी जनाउन व्यवसायीलाई आग्रह गर्छन् । सोही अनुसार साउन ५ गते आइतबारभित्र ४० लाख दिने सहमति गरेर उनीहरू त्यहाँबाट निस्किन्छन् । त्यसपछि व्यवसायीलाई रकम के हुँदैछ भन्ने फोनहरू लगातार आउन थाल्छ ।

पैसा जुटाउन नसकेपछि डर र त्रासका बीच ती व्यवसायी इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर उजुरी गर्दै घटनाको बेलिविस्तार गर्छन् ।

व्यवसायीको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल हुन्छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत झापामा सात दिनको म्याद थपेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

व्यापारीसँग माया प्रेममा फसाउँदै लुट्न खोज्ने ती युवती वास्तविकतामा शंकरकी प्रेमिका भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ४५ बजे

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा