नेपालमा उत्पादित कृत्रिम लेन्स ७० देशमा निर्यात « Khabarhub

नेपालमा उत्पादित कृत्रिम लेन्स ७० देशमा निर्यात


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला ? सबैले अनुभव गर्न सक्ने कुरा हो । विभिन्न कारणबाट दृष्टि गुमाउनेको पीडा त झल कल्पना नै गर्न सकिँदैन । यी सबै पीडालाई मल्हम लगाउने गरी नेपालमै उत्पादन भएको कृत्रिम लेन्सले काम गरिरहेको छ ।

तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको कृत्रिम लेन्सका कारण नेपालका मात्र होइन विश्वका धेरै देशका नागरिकको दृष्टि फर्किएको छ ।

मोतियाविन्दु पीडित अब दृष्टिबिहीन हुनु पर्दैन

२५ वर्ष अघि मोतियाविन्दु लागेर दृष्टि गुमेका नेपालीका लागि पुनः दृष्टि प्राप्त गर्न सहज थिएन । विदेशबाट आयत गरिने कृत्रिम लेन्स महंगो पर्ने भएकाले नेपालीहरु सम्भव हुने उपचारबाट पनि बञ्चित थिए ।

तिलगंगा आँखा अस्पतालले सन् १९९५ देखि कृत्रिम लेन्स उत्पादन शुरु गरेपछि नेपालीका लागि मात्रै होइन बिदेशीका समेत नेपाली लेन्सको उपलब्धता सहज बनेको छ ।

त्यसैले २५ वर्ष अगाडी मोतियाविन्दु भएर आँखाका दृष्टि गुमाएका नेपालीहरु जीवनभर अन्धकारमै बस्नुपर्ने बाध्यता थियो । तर अहिले मोतियाविन्दु भएर दृष्टि गुमाएकाहरुले नेपालमै उत्पादन भएको कृत्रिम लेन्स राखेर नयाँ दृष्टि पाउन थालेका छन् ।

७० देशमा निर्यात

तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्ने लेन्स हाल विश्व बजारमा खपत हुँदै आएको छ । वार्षिक ५ लाख लेन्स उत्पादन गर्दै आएको प्रतिष्ठानले विश्वका ७० देशहरुमा लेन्स खपत गर्दै आएको छ ।

तिलगंगाले उत्पादन गर्ने लेन्स चीन, पाकिस्तान, भारत, थाइल्याण्ड इन्डोनेसिया लगायतका ७० देशमा निर्यात हुने गरेको छ । विश्वका ५३ लाख मोतियाविन्दु भएका व्यक्तिले तिलगंगा आँखा प्रतिष्ठानबाट उत्पादित लेन्सबाट नयाँ ज्योति पाइसकेका छन् ।

मोतियविन्दुका कारण दृष्टि गुमाएका बिरामीका लागि तिलगंगा अस्पतालले उत्पादन गर्ने लेन्स प्रभावकारी बन्दै गएको छ । तिलगंगा आँखा प्रतिष्ठानले हाल दुई प्रकारका लेन्स उत्पादन गर्दै आएको छ । प्रतिष्ठानले पीएमएमए ( हार्ड) र फोल्डेबल (नरम) गरी दुई प्रकारका लेन्स उत्पादन र खपत गर्दै आएको छ ।

पीएमएमए लेन्स पुरानो प्रविधिबाट उत्पादन गरिन्छ भने फोल्डेबल लेन्स नयाँ प्रविधिबाट उत्पादन गरिन्छ । पीएमएमए लेन्स नेपाली बजारमा २ देखि साढे दुईसय सम्म र फोल्डेबल लेन्स १३ सय देखि १४ सय सम्म पर्छ ।

फोल्डेबल लेन्स धेरैजस्तो बिदेशी बजारमा निर्यात हुने गरेको प्रतिष्ठानका जनसम्पर्क निर्देशक भगिरथ बाँनियाले जानकारी दिए । सन् १९९६ देखि २०१८ सम्ममा ४७ लाख २ हजार ४ सय ५३ वटा पीएमएमए लेन्स उत्पादन गरी ४५ लाख ५४ हजार ९ सय १७ वटा लेन्स बजार पठाएको छ ।

यस्तै ९ लाख ३३ हजार ३ सय ३६ वटा फोल्डेबल  लेन्स उत्पादन गरी ७ लाख ५५ हजार १ सय ६५ वटा लेन्स विक्री गरिसकेको छ । नेपाल आँखा कार्यक्रम शुरु गरी लेन्स उत्पादन गरेको तिलगंगाले सन् २००० देखि विदेशमा पनि लेन्स निर्यात गर्न थाल्यो ।

बढ्दैछ माग

प्रतिष्ठानले उत्पादन गर्ने लेन्स विदेशमा समेत खपत हुन थालेपछि यसको माग र उत्पादन पनि बढ्दै गएको अस्पतालको तथ्यांकले देखाएको छ । प्रतिष्ठानले सन् १९९६ देखि सन् १९९८ मा १ लाख ३ हजार २१ वटा मात्रै लेन्स खपत गरेको थियो । सन् १९९९ देखि सन् २००३ सम्ममा प्रतिष्ठानले ६ लाख ९५ हजार ५ सय ८६ वटा लेन्स बजार पठायो ।

यस्तै सन् २००४ देखि १० लाख ९२ हजार ८ सय ९७ वटा लेन्स खपत गरेको तिलगंगाले सन् २००९ देखि सन् २०१३ सम्ममा १७ लाख ४४ हजार २ सय ७६ वटा लेन्स बजार पठायो । यस्तै स् २०१४ देखि सन् २०१८ सम्ममा १६ लाख ७३ हजार ८७ जना आँखाका बिरामीले तिलगंगाबाट उत्पादिन लेन्सबाट नयाँ दृष्टि प्राप्त गरिसकेका छन् ।

२४ वर्षको अवधिमा नेपाली कृत्रिम लेन्सबाट ५३ लाख नेपाली तथा बिदेशीले नयाँ दृष्टि पाएको प्रतिष्ठानका जनसम्पर्क निर्देशक बाँनियले बताए । ‘तिलगंगामै लेन्स उत्पादन हुन थालेपछि मोतियाविन्दु भएका धेरै नेपालीले कम शूल्कमा उपचार गरी नयाँ दृष्टि पाएका छन्,’ प्रतिष्ठानका जनसम्पर्क निर्देशक बाँनियाले भने, ‘हामीले उत्पादन गरेका लेन्स नेपालमा मात्रै होइन बिदेशमा समेत माग बढ्दै गएको छ ।’

तिलगंगालले लेन्स उत्पादनका लागि ४ वटा लेथ मेसिन प्रयोग गर्ने गरेको छ । लेन्स उत्पादनका लागि दैनिक ९५ जनाको जनशक्ति परिचालन भएको जनसम्पर्क निर्देशक बाँनियाले बताए । लेन्स उत्पादनका लागि मेसिन थप गर्न सरकारले गतवर्ष तिलगंगालाई १० करोड अनुदान समेत दिएको थियो । तिलगंगाले सरकारी अनुदानबाट लेन्स उत्पादन गर्ने दुईवटा मेसिन खरिद गर्ने तयारी गरिरहेको जनसम्पर्क निर्देशक बाँनियले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : १५ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर