वन तथा वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौंः चीन « Khabarhub

वन तथा वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौंः चीन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– नेपाल र उत्तर छिमेकी चीनबीच आगामी दिनमा वन तथा वातावरण संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्नेबारेमा भइरहेका प्रयासबारे अनुभव आदान–प्रदान गरिएको छ ।

दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल समेत भएको छ । चिनियाँ अधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको बताएको हो ।

टोली नेता हुछङले आफूहरु संरक्षणक्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानूनको मस्यौदा ड्राफ्ट गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि अनुभवबारे बुझ्न नेपाल आएको बताए । ‘वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यावरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको छ’, हुछेङले भने, ‘हामी तपाईंहरुको अनुभवबाट सिक्न आएका हौं, हाम्रो देशमा कानून बनाउँदा तपाईंहरुले गरिरहेको अभ्यासलाई समेट्ने योजनामा छौं ।’

चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भएपनि दुई देशबीच सदैव समानता, सह–अस्तित्व र भातृत्वमा आधारितसम्बन्ध रहेको चर्चा गर्दै उनले वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औंल्याए ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा राष्ट्रपति सी जिनफिङले पर्यावरण विचारधारा प्रस्ताव गरेको र त्यसले चीनमा मात्र नभई संसारभरि कसरी पर्यावरणीय सन्तुलन कायम राख्ने भन्ने दिशानिर्देश गरेको उल्लेख गरे ।

वन तथा वातावरणमन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी र नियमावलीहरुका व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराए । उनले राष्ट्रिय निकुञ्जहरुबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले संरक्षणमा स्थानीयको सहभागिता र स्वामित्व सुनिश्चित गरेको बताए ।

मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणी जगतको हित विश्वको अनिवार्य दायित्व भएकाले त्यसमा नेपाल–चीनबीच सहकार्य जरुरी रहेकामा जोड दिए । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ विकासको अभियानमा जुटेको भन्दै मन्त्री बस्नेतले त्यसमा सहयोग गर्न चीनलाई आग्रह गर्नुभयो । ‘हामी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा छौं’, बस्नेतले भने, ‘यसमा राष्ट्रिय सीमाभन्दा बाहिरको सहयोग र सहकार्य जरुरी छ, हामी चीनसँग सहकार्य गर्न चाहन्छौं ।’ मन्त्री बस्नेतले हरित ग्याँस उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात ०.०२७ प्रतिशत रहेको भए पनि त्यसबाट अतिप्रभावितको सूचीमा रहनु दुःखद विषय भएको गरे ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको चिनियाँ जनकँग्रेस टोलीले यसअघि सभामुख कृणबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ३६ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’