डुवानका बारेमा भारतसँग कुटनीतिक रुपमा कुरा गरौं, एकअर्कालाई दोष लगाएर हुँदैन– देउवा « Khabarhub

डुवानका बारेमा भारतसँग कुटनीतिक रुपमा कुरा गरौं, एकअर्कालाई दोष लगाएर हुँदैन– देउवा


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी, डुवान र पहिरो पीडितका लागि सरकारले केही नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि भाग लिँदै सभापति देउवाले पीडितको उद्धार र राहतका लागि सरकारले केही नगरेको आरोप लगाए । जनतालाई दुख परेको बेलामा सरकारले तत्काल पुगेर काम गर्नु पर्नेमा त्यसो हुन नसकेको र सरकार गम्भीर नदेखिएको बताए ।

‘सरकारले केही गरेको देखिएन’ सभापति देउवाले भने,‘ हेलिकोप्टरबाट कहाँ उद्धार हुन्छ । सरकार तात्नुपर्ने हो केही गरेको छैन, सरकार भनेको दुख परेको बेलामा तत्काल पुगेर गर्नु पर्ने होइन तर केही भएको छैन । ’

सरकारको कर्तव्य र दायित्व भएपनि राज्य उदासिन भएको उनको भनाइ थियो । ‘राज्यले नगरे कसले गर्ने । एउटा पार्टीले के गर्ने ?’ देउवाको प्रश्न थियो ।

डुवान क्षेत्रको भ्रमणमा गएका बेला आफूलाई तराईका जनताले भारतका कारण आफूहरु डुवानमा परेको बताएको भन्दै देउवाले संसदमा समस्या समाधानका लागि सरकारले भारतसँग कुरा गर्नुपर्ने बताए ।

‘भारत सरकारसँग कुरा गर्नुपर्ने भएको छ । भारतले नेपाललाई र नेपालले भारतलाई दोष दिने गरेर कतिदिन चल्छ’ देउवाले प्रश्न गर्दै भने,‘ कुटनीतिक तवरमा कुराकानी गर्नपर्ने भएको छ । स्थानीयले भारतले डुवानमा पारो भन्छन् त्यसैले भारतले नेपाललाई र नेपालले भारतलाई दोष दिने जुन काम भएको छ त्यसलाई समाधान गर्न कुटनीतिक पहल गर्नुपर्छ, एकले अर्कालाई दोष दिएर हुँदैन ।’

डुवानको स्थायी समाधान सरकारले खोज्नु पर्ने उनको भनाइ थियो ।

कोशी व्यारेज बनेको बेलादेखि खोला किनारामा बस्दै आएका र व्यापार व्यवसाय गर्दै आएकालाई भारतले हटाउन खोजेको भन्दै देउवाले जनताको रक्षा गर्ने तर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

‘कोशि व्यारेज बनेका बेलादेखि नै झुप्रा बनाएर बसेकाहरुलाई भारतले अहिले हट भनेछ त्यसबारेमा पनि भारतसँग कुरा गर्न आवश्यक छ’ देउवाले भने,‘ बाँध निर्माण गर्दा देखिनै बसेकाहरु कहाँ जाउँन् । त्यसबारेमा कुटनीतिक रुपमा कुरा गर्नुपर्छ ।’

उनले चुरेको दोहनले बाढी आएको भन्दै त्यसको समाधानका लागि सरकारले अध्ययन गर्नुपर्ने बताएका छन् ।

‘सरकारलाई कुनै मतलव छैन । हेलिकोप्टरमा र हवाइजहाजमा गएर जनताको दुः ख ठिक हुन्छ ?’ देउवाले भने,‘सर्वदलीय टोली पठाएर हुन्छ कि के गरेर हुन्छ । यसमा राजनीति गर्नु छैन सबै एक भएर लागौं ।’

कांग्रेस सभापति देउवाले बाढी पहिरो लगायतका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले यसबारेमा केही नगरे आफूहरुले थप कदम उठाउने चेतावनी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ४४ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल