सांसद बिडारीको प्रश्न– विहे गर्न २० वर्ष हुनुपर्ने, रक्सी पिउन ६ वर्ष भएपनि हुने ? « Khabarhub

सांसद बिडारीको प्रश्न– विहे गर्न २० वर्ष हुनुपर्ने, रक्सी पिउन ६ वर्ष भएपनि हुने ?


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा सांसद रामनारायण विडारीले कर असुल्ने बाहानामा सरकारले जथाभावी रुपमा मदिरा विक्रीलाई खुल्ला गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद बिडारीले नेपालमा अस्पतालकै छेउमा समेत मदिरा विक्री हुने गरेको भन्दै सरकारले जथाभावी मरिदा विक्रीवितरण नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे ।

‘मन्दिर,अस्पताल वरीपरी जहाँ बसेर पनि मज्जासँग रक्सी खान पाइने देश संसारमै कहाँ छ ? पृथ्वीमा भन्दा हाम्रो देशको नाम आउँछ, संसारमा यस्तो छैन,’ सांसद विडारीले भने, ‘विहे गर्न २० वर्ष हुनुपर्ने रक्सी खान ६ वर्ष भएपनि हुने ?’

नेपालमा मरिदा सेवनका कारण घरेलु हिंसा, संगठित अपराध बढ्दै गएको उनले बताए । उनले नेपालमा हुने ५० प्रतिशत अपराध मदिरा सेवनका कारण भएको बताए ।

सरकारले कर प्राप्त हुने भन्दै मदिरा नियन्त्रण नगरेको भन्दै सरकारलाई कटाक्ष गरे । ‘एउटा सटरमा औषधि पसल अर्को सटरमा रक्सी पसल, किन यस्तो गरेको सरकार भन्दा कर असुल्ने ?’सांसद विडारीले भने, ‘पैसा चाहियो, रक्सीमा कर बढाएर पैसा आउछ अनि मोटर चढ्ने ?’

उनले मरिदा सेवन गर्ने व्यक्तिको नामावाली नै बनाएर २२ वर्षभन्दा मुनिकालाई मदिरा सेवनमा निषेध गर्नुपर्ने बताए । सांसद विडारीले श्रम गर्ने युवाहरु बिदेशमा र दुव्यर्सनमा फसेका युवामात्रै स्वादेशमा रहेको बताए ।

‘कुलतमा फसेका युवाजती यो देशमा श्रम बेच्ने युवा विदेमा सरकारलाई यो कुरा थाहा छ कि छैन रु,’ सांसद विडारीले भने, ‘हाम्रो देशमा किसिम किसिमका सरकार चल्यो तर यो कुरा कुनै सरकारले देखेन ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ०८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन