सांसद बिडारीको प्रश्न– विहे गर्न २० वर्ष हुनुपर्ने, रक्सी पिउन ६ वर्ष भएपनि हुने ? « Khabarhub

सांसद बिडारीको प्रश्न– विहे गर्न २० वर्ष हुनुपर्ने, रक्सी पिउन ६ वर्ष भएपनि हुने ?


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा सांसद रामनारायण विडारीले कर असुल्ने बाहानामा सरकारले जथाभावी रुपमा मदिरा विक्रीलाई खुल्ला गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद बिडारीले नेपालमा अस्पतालकै छेउमा समेत मदिरा विक्री हुने गरेको भन्दै सरकारले जथाभावी मरिदा विक्रीवितरण नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे ।

‘मन्दिर,अस्पताल वरीपरी जहाँ बसेर पनि मज्जासँग रक्सी खान पाइने देश संसारमै कहाँ छ ? पृथ्वीमा भन्दा हाम्रो देशको नाम आउँछ, संसारमा यस्तो छैन,’ सांसद विडारीले भने, ‘विहे गर्न २० वर्ष हुनुपर्ने रक्सी खान ६ वर्ष भएपनि हुने ?’

नेपालमा मरिदा सेवनका कारण घरेलु हिंसा, संगठित अपराध बढ्दै गएको उनले बताए । उनले नेपालमा हुने ५० प्रतिशत अपराध मदिरा सेवनका कारण भएको बताए ।

सरकारले कर प्राप्त हुने भन्दै मदिरा नियन्त्रण नगरेको भन्दै सरकारलाई कटाक्ष गरे । ‘एउटा सटरमा औषधि पसल अर्को सटरमा रक्सी पसल, किन यस्तो गरेको सरकार भन्दा कर असुल्ने ?’सांसद विडारीले भने, ‘पैसा चाहियो, रक्सीमा कर बढाएर पैसा आउछ अनि मोटर चढ्ने ?’

उनले मरिदा सेवन गर्ने व्यक्तिको नामावाली नै बनाएर २२ वर्षभन्दा मुनिकालाई मदिरा सेवनमा निषेध गर्नुपर्ने बताए । सांसद विडारीले श्रम गर्ने युवाहरु बिदेशमा र दुव्यर्सनमा फसेका युवामात्रै स्वादेशमा रहेको बताए ।

‘कुलतमा फसेका युवाजती यो देशमा श्रम बेच्ने युवा विदेमा सरकारलाई यो कुरा थाहा छ कि छैन रु,’ सांसद विडारीले भने, ‘हाम्रो देशमा किसिम किसिमका सरकार चल्यो तर यो कुरा कुनै सरकारले देखेन ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ०८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका