बाढीपीडितलाई राहतको उचित व्यवस्था गर्न राजपाको माग « Khabarhub

बाढीपीडितलाई राहतको उचित व्यवस्था गर्न राजपाको माग


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ को समर्थन गर्दै राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले बाढी पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । ‘अहिले पनि सरकारले झारा टार्ने काम गरिएको छ,’ संयोजक यादवको भनाई थियो, पीडितलाई राहत दिन सरकार गम्भिर बन्नुपर्‍यो ।’

संयोजक यादवले तराई, मधेशको डुवानबाट पीडित भएकाहरुलाई राहतका लागि सरकारलाई सहयोग गर्न जनप्रतिनिधिको रुपमा आफूहरु तयार रहेको पनि बताए ।

उनले पहाडमा वर्षेनी आउने पहिरो र तराईमा हुने डुबानको समस्या समाधान गर्न सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए । उनले बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : १७ बजे

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर

अमेरिकाद्वारा क्यारेबियन क्षेत्रमा डुङ्गा आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा लागूऔषध तस्करी गर्ने डुङ्गालाई

प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण

काठमाडौं– नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका