बाढीपीडित त थियौँ नै सदनको अन्यायले झन पीडित बनायो: सांसद साह « Khabarhub

बाढीपीडित त थियौँ नै सदनको अन्यायले झन पीडित बनायो: सांसद साह


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले बाढी पीडितलाई तत्काल राहत प्रदानगरी पुनर्स्थापना एवम् समस्याको दीर्घकालीन समाधानको माग गरेको छन् ।

पानी अझै पनि नरोकिएको भन्दै सांसद साहले पीडितको लागि अस्थायी आवास, खाद्यान्नको व्यवस्था अवरुद्ध सडक, विजुली, संचार, खानेपानी तत्काल सुचारु गर्न सरकारसँग माग गरे । माछापालन, कुखुरा पालन, इट्टाभट्टालगायत व्यवसायहरु नष्ट भइ अर्बौंको क्षति भएको उल्लेख गर्दै उनले बाढी तथा डुबानको दीर्घकालीन समाधान गर्न ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको महत्वको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सांसद साहले अविरल वर्षाका कारण आएको बाढी एवम डुबानमा परेका पीडितको राहत तथा पुनर्स्थापना गर्न माग गरे ।

तराईका मुख्य १० नदीहरुमा चुरिया क्षेत्र देखि भारतीय सीमासम्म मजबुत तटबन्ध निर्माण गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजानुपर्नेमा उनको जोड छ । नदीको बढ्दो सतह तथा चुरिया क्षेत्रमा व्याप्त भूक्षय रोक्न तथा पानीको बहाव रोक्न र जग्गा अतिक्रमण बन्द गराउन सरकारसंग उनको माग छ।

आफूले दर्ता गराएको प्रस्तावमाथि छलफल नभएपछी आक्रोशित सांसद साहले भने, ‘अविरल वर्षाका कारण देश अस्तव्यस्त छ । सयौँले ज्यान गुमाएका छन भने हजारौं विस्थापित भएका छन र आवतजावतसहित सबै पूर्वाधार ठप्प भएको स्थितिमा हामीले जरुरी महत्वको प्रस्ताव दर्ता गर्यौँ । हामी बाढी प्रभावित क्षेत्रका सत्तापक्ष र प्रतिपक्ष सांसद मिलेर दर्ता गराएको प्रस्तावमाथि छलफल नहुने तर काठमाडौको महलमा एसीमा बसेर लेखिएको प्रस्तावमाथि छलफल हुने? जनताको प्रस्तावलाई नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडिदिएको छ । आज न्याय हारेको छ र नेपाली कांग्रेसको हठले जितेको छ।’

सांसद साहले प्रकृतिले बाढी पीडित बनाउँदा आफुहरुलाई सदनले पनि पीडित बनाएको गुनासो गरे । वास्तविक पीडितको प्रस्तावमाथि छलफल नचल्ने तर काठमाडौंबाट जानेहरुको प्रस्तावमा छलफल गर्ने निर्णय सदनले गर्नु दुखद् भएको उनको भनाइ थियो । पीडितको नाममा कांग्रेसले राजनीति गर्न खोजेको भन्दै सांसद सांसद साहले लोकतन्त्रको दुहाई दिने नेपाली कांग्रेसलाई पीडितको नाममा राजनीति नगर्न चेतावनी दिए ।

‘हामी पनि कुनै बेला प्रतिपक्षमा थियौं जुनबेला मुलुकमा महाभुकम्प आएको थियो । त्यतिबेला सबै स्ट्यान्ड छोडेर हामीले देशलाई प्राथमिकतामा राखेका थियौं’ सांसद साहले थपे ‘म कांग्रेसलाई भन्न चाहन्छु यस पीडाको स्थितिमा आफ्नी हठबाट हट्नुस, पीडितको पक्षमा आउनुस । पीडितमाथिको राजनीत बन्द गर्नुस् ।’

सांसद साहको प्रस्तावमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह तथा समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाको समर्थन गर्दै बाढी पीडितलाई राहत तथा पुनर्स्थापनाको माग गर्दै साउन ३ गते जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराइएको थियो। पछि कांग्रेस सांसद सिंहले पार्टीको दबाबका कारण प्रस्तावको समर्थन फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ३६ बजे

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर

अमेरिकाद्वारा क्यारेबियन क्षेत्रमा डुङ्गा आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा लागूऔषध तस्करी गर्ने डुङ्गालाई

प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण

काठमाडौं– नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका