जोरपाटी—सुन्दरीजल सडकखण्ड दशैँपछि मात्रै कालोपत्रे हुने, तत्काललाई खाल्डाखुल्डी पुरिने « Khabarhub

जोरपाटी—सुन्दरीजल सडकखण्ड दशैँपछि मात्रै कालोपत्रे हुने, तत्काललाई खाल्डाखुल्डी पुरिने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि विस्तार कार्यले गति लिन नसकेको जोरपाटी–सुन्दरीजल सडकखण्ड आगामी देशैँ पछाडिमात्रै कालोपत्रे हुने भएको छ ।

अहिले बर्षातको समय भएकाले कालोपत्रे गर्न समस्या हुने भएकाले दशैँ पछाडि भने सडक विस्तार कार्यले गति लिने उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडक विस्तार कार्य समयमै सम्पन्न हुन नसक्दा उक्त क्षेत्रको सडक अस्तव्यस्त बन्दै आएको छ । तत्काललाई सडकमा परेका खाल्डाखुल्डी पुर्ने तथा सामान्य मर्मत गरी यातायात आवतजावतलाई सहज बनाइने भएको छ ।

लामो समयसम्म पनि सडक विस्तार तथा निर्माणको काम सम्पन्न नहुँदा गोकर्णेश्वर नगरपालिका आफैँले उक्त सडकखण्ड बनाउने तयारी गरेपछि सडक विस्तारको जिम्मा पाएको आयोजना र नगरपालिकाबीच दशैँपछि आयोजनाले नै काम थाल्ने सहमति भएको हो ।

नगरपालिकाले निर्धारित समयमा सडक विस्तार तथा ढल मर्मत कार्य सम्पन्न नभएपछि आयोजनालाई सडक निर्माण गर्ने जिम्मा आफुलाई दिन आग्रह गर्दै आएको थियो ।

यही सोमबार दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाले तत्काल काम शुरु गर्ने निर्णय गरेको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले खबरहबलाई जानकारी दिए ।

सडक कालोपत्रे कार्य दशैँपछि गरिने भएपनि ढल व्यवस्थापनलगायतका कार्य भने तत्काल थाल्ने गरी आयोजनाले सम्झौता गरेको मेयर चालिसेले बताए ।

उनले भने, ‘हामीले सडक विस्तारको काम आफैँ गर्छौं भन्न थालेपछि आयोजनाले नै गर्छु भन्यो, त्यसैअनुसार उसले काम थाल्ने सहमति भएको हो ।’

‘आयोजनाले दशैँअघिसम्म सडक मर्मत गर्ने र दशैँपछि कालोपत्रेको काम सुरु गर्ने छ ।’

यो पनि पढ्नुाेस्


जोरपाटी-सुन्दरीजल सडक अब गोकर्णेश्वर नगरपालिका आफैँले बनाउने


प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : १७ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स