एक्टिभ स्पोर्टसले स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप गराउने « Khabarhub

एक्टिभ स्पोर्टसले स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप गराउने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्टिभ स्पोर्टस कम्प्लेक्सले पहिलो स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । ढोलाहिटीस्थित कम्प्लेक्सका दुई फुटसल मैदानमा आगामी शनिबारबाट हुने प्रतियोगितामा विभिन्‍न बैंकका २० टिम सहभागी हुने आयोजकले जनाएको छ ।

बैंकका कर्मचारीलेमात्र खेल्न पाउने प्रतियोगिताका सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा एनआईबिएल, ग्लोबल आइएमई, नबिल, कुमारी र लक्ष्मी बैंक छन्। यसैगरी समूह ‘बी’ मा सिद्धार्थ, सिटिजन, मेगा, माछापुच्छ्रे र एनआइसी एसिया, समूह ‘सी’ मा एनसिसी, आरबिबी, सिभिल, प्रभु र सेन्चुरी बैंक छन्। यसैगरी समूह ‘डी’ मा हिमालयन, एनएमबी, सनराइज, नेपाल बंगलादेश र बैंक अफ काठमाडौं छन्।

पहिलो चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली क्‍वार्टरफाइनल पुग्‍नेछन्। समूह चरणका खेलहरु शनिबार हुनेछ भने नकआउट चरणका खेल अर्को शनिबार हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : २१ बजे

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा

रवि ओडले हालेको डिभोर्सको मुद्दाको फैसला- दाबी पुगेन

काठमाडौं – गायक रवि ओडले दर्ता गरेको डिभोर्सको मुद्दामा कञ्चनपुर

सरकारलाई प्रचण्डको चेतावनी : ट्रेड युनियन लोकतन्त्रका आत्मा हुन्, खारेज नगरियोस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले

प्रचण्डको टिप्पणी : नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत