आयातित खाद्यान्नको विषादी परीक्षण गर्न पाउनुपर्ने विज्ञहरुको सुझाव « Khabarhub

आयातित खाद्यान्नको विषादी परीक्षण गर्न पाउनुपर्ने विज्ञहरुको सुझाव


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञहरुले आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रसायन शास्त्री निरञ्जन पराजुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक टिकाबहादुर कार्कीले आयातित खाद्यान्नको विषादी परिक्षणबारे सर्वसाधारणलाई विश्वास गर्न लायक बनाउन सरकारसँग आग्रह गरे ।

बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै रसायन शास्त्री पराजुलीले खाद्य प्रयोगशालाको उचित व्यवस्था गरेर आयातित खाद्य बस्तु विषादीरहित रहेको विश्वास सर्वसाधारणलाई गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक कार्कीले पनि आयातित खाद्य बस्तुको विषादी परीक्षणका लागि आवश्यक क्षमताको विकास तत्काल गर्न सरकारलाई सुझाव दिए ।

उनले विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपालले भारतबाट आएको खाद्य बस्तुको आन्तरिक रुपमा पनि विषादी परीक्षण गर्न पाउने स्पष्ट पारेका थिए ।

कार्कीले नेपालबाट भारतमा निर्यात भएका अलैची लगायतका बस्तुहरुको विषादी पुनः परिक्षण हुने भएकाले नेपालले पनि भारतबाट आयातित बस्तुहरुको परीक्षण गर्न सक्ने स्मरण समेत गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ०२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक