गृहमन्त्रीद्वारा विपद्‌बारे जानकारी, १ सय ८ जनाको मृत्यु ३३ बेपत्ता | Khabarhub Khabarhub

गृहमन्त्रीद्वारा विपद्‌बारे जानकारी, १ सय ८ जनाको मृत्यु ३३ बेपत्ता


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यस वर्षको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट मुलुकभर १ सय ८ जनाको मृत्यु भएको जानकारी गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले गुल्मी, रौतहट सिरहा, ललितपुर लगायत ३५ जिल्ला बढी प्रभावित भएको जनाउँदै अहिलेसम्म १ सय ८ जनाको मृत्यु, ३३ बेपत्ता र ४६ घाइते भएको जानकारी दिएका हुन् ।

गृहमन्त्री थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको बताए । गृहमन्त्री थापाले बुधबार जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पीडितलाई राहत, उद्धार र बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको पनि स्पष्ट पारे ।

उनले मनसुनी वर्षा अझै हुने भएकाले उच्च सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरे । गृहमन्त्री थापाले पीडितलाई राहत दिने तथा सो घटनामा परी मृतक भएकाका परिवारलाई जिल्ला दैवी प्रकोष कोषमार्फत् १ लाख वितरण गर्न सुरु गरिएको पनि बताए ।

गृहमन्त्री थापाले पीडितको बसोबासका व्यवस्थाका लागि आवश्यक तथ्यांक संकलनको काम पनि सुरु गरिएको पनि बताए । उनले सो घटनामा परी घाईते भएकाहरुको उपचारको व्यवस्था गरिएको, वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिइएको, राष्ट्रिय/अन्तराष्ट्रिय स्वयमसेवी संस्थाहरुलाई पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पीडितलाई राहत र उद्धार गर्न अनुमति दिइएको समेत जानकारी दिए ।

गृहमन्त्री थापाले बाढीबाट अवरुद्ध भएका सडक, विद्युतलगायतको पुन सुचारु गराउने कामलाई पनि सरकारले अघि बढाएको बताए । उनले भारतीय पक्षका कारण भएको डुबान समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकार क्रियाशील रहेको पनि बताएका थिए ।

गृहमन्त्री थापाले डुबानलगायतका प्राकृतिक विपत्तिको दीर्घकाली समाधानका लागि सरकारले विपद् व्यवस्थापन प्राधिकरण बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि प्रतिनिधिसभालाई स्मरण गराए ।

यसैबीच, संघीय संसदको प्रतिनिधिसभाले विपत्तिमा परी निधन भएकाहरुप्रति गहिरो शोक व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाले नागरिकको जन धनको रक्षा गर्दै उद्धार,राहत वितरण गरि पुनस्थापनाको काम गर्न विशेष प्रस्ताव मार्फत सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी प्रतिनिधिसभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितहरुको राहतका लागि एक दिनको तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि प्रतिनिधिसभाको बैठकले गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : १० बजे

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन