सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप, दाङका २८ वडा सचिवबिहीन « Khabarhub

सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप, दाङका २८ वडा सचिवबिहीन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।

वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरकार प्राविधिकले हाकिरहेका छन् । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजन पश्चात सरुवा भएर अन्यत्र गएपछि दाङका वडा सचिवबिहीन बन्न पुगेका हुन् ।

दाङको विकट क्षेत्र राजपुर गाउँपालिका–६ बाहेक अन्य सबै वडामा अहिले प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । दश स्थानीय तहमध्ये सुगम स्थानीय तहका रुपमा रहेका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । तुलसीपुर र घोराहीका १९/१९ र दङ्गीशरणका सातवटै वडामा सचिव पुगेका छन् । अन्य सातवटा गाउँपालिकाका केही वडामा भने अझै पनि वडासचिव पुग्न सकेका छैनन् ।

अहिले सचिव नहुँदा पञ्जिकाको काम प्रभावित हुने गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । “पञ्जिकरणको काम गर्न स्थायी कर्मचारीको हस्ताक्षर आवश्यक पर्छ”, उनले भने, “त्यसले गर्दा पनि स्थायी कर्मचारीका रुपमा रहेका प्राविधिकलाई पनि प्रयोग गर्ने गरिएको छ ।” वडाध्यक्षले सिफारिश गर्ने र एकजना सचिव वा सरकारी कर्मचारीको हस्ताक्षर आवश्यक पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : १९ बजे

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा