अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढक्याउँदै रविका समर्थक « Khabarhub

अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढक्याउँदै रविका समर्थक


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

शाकिराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि भन्दै विगत दश दिन देखि रवि लामिछाने, युवराज कँडेल, अस्मिता कार्की चितवन प्रहरीको हिरातसमा रहेका छन् ।

अदालतले पाँच÷पाँच दिन गरेर दुई पटक थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई समय उपलव्ध गराएको थियो ।

रविलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै उनका समर्थकले चितवन, काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।

चितवनमा त प्रहरीले प्रदर्शनकारीलाई रोक्न भन्दै विभिन्न स्थानमा निषेधाज्ञासमेत जारी गरेको छ । चितवनमा प्रहरी र प्रदर्शनकारीबीचमा विभिन्न समयमा झडपको अवस्था समेत बनेको थियो ।

अन्तर्राष्ट्रिकरण गर्न अपिल

रवि लामिछानेलाई विभिन्न लाञ्छाना लगाएर जेलमा सडाउने प्रयास गरिएको भन्दै उनका समर्थकले विरोध गरिरहेका छन् ।
रविको पक्षमा भएको आन्दोलमा उपस्थितहरुले सरकारको समेत आलोचना गरिरहका छन् ।

यसैबीच न्यूज २४ का पत्रकार एवं ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रोड्युसर दीपक बोहराले रविलाई जेल चलान गर्ने षड्यन्त्र भएको भन्दै यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत दीपकले भ्रष्टाचारी र षड्यन्त्रकारीहरुले रविलार्य जेल चलान गर्न खोजेकाले उनलाई जोगानका लागि अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको ढोका ढकढकाउन रविका समर्थकलाई अपिल गरेका छन् । आयोगको मेलमा रविको रिहाइको माग गर्दै मेल गर्न अपिल समेत गरिएको छ ।

यस्तो छ बोहोराको स्टाटस–

‘भ्रष्टाचारी षडयन्त्रकारीहरु रविलाई जेल चलान गर्न गरी लागी परेकाले रविलाई जोगाउन हामी सम्पुर्णले अन्तराष्ट्रिय मानव अधिकार आयोग को ढोका ढ्कढकाउनु पर्ने देखिएको छ । यसका लागि सबैले मेल गर्नुहोला ।’

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : ३६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन