अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढक्याउँदै रविका समर्थक « Khabarhub

अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढक्याउँदै रविका समर्थक


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

शाकिराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि भन्दै विगत दश दिन देखि रवि लामिछाने, युवराज कँडेल, अस्मिता कार्की चितवन प्रहरीको हिरातसमा रहेका छन् ।

अदालतले पाँच÷पाँच दिन गरेर दुई पटक थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई समय उपलव्ध गराएको थियो ।

रविलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै उनका समर्थकले चितवन, काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।

चितवनमा त प्रहरीले प्रदर्शनकारीलाई रोक्न भन्दै विभिन्न स्थानमा निषेधाज्ञासमेत जारी गरेको छ । चितवनमा प्रहरी र प्रदर्शनकारीबीचमा विभिन्न समयमा झडपको अवस्था समेत बनेको थियो ।

अन्तर्राष्ट्रिकरण गर्न अपिल

रवि लामिछानेलाई विभिन्न लाञ्छाना लगाएर जेलमा सडाउने प्रयास गरिएको भन्दै उनका समर्थकले विरोध गरिरहेका छन् ।
रविको पक्षमा भएको आन्दोलमा उपस्थितहरुले सरकारको समेत आलोचना गरिरहका छन् ।

यसैबीच न्यूज २४ का पत्रकार एवं ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रोड्युसर दीपक बोहराले रविलाई जेल चलान गर्ने षड्यन्त्र भएको भन्दै यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत दीपकले भ्रष्टाचारी र षड्यन्त्रकारीहरुले रविलार्य जेल चलान गर्न खोजेकाले उनलाई जोगानका लागि अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको ढोका ढकढकाउन रविका समर्थकलाई अपिल गरेका छन् । आयोगको मेलमा रविको रिहाइको माग गर्दै मेल गर्न अपिल समेत गरिएको छ ।

यस्तो छ बोहोराको स्टाटस–

‘भ्रष्टाचारी षडयन्त्रकारीहरु रविलाई जेल चलान गर्न गरी लागी परेकाले रविलाई जोगाउन हामी सम्पुर्णले अन्तराष्ट्रिय मानव अधिकार आयोग को ढोका ढ्कढकाउनु पर्ने देखिएको छ । यसका लागि सबैले मेल गर्नुहोला ।’

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : ३६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि