जम्मू कश्मीर पुगेका राहुल गान्धी विमानस्थलबाटै फर्काइए « Khabarhub

जम्मू कश्मीर पुगेका राहुल गान्धी विमानस्थलबाटै फर्काइए


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइएको छ ।

जम्मू कश्मीरको राजधानी श्रीनगरको विमानस्थलमा पुगेका उनीसहित विपक्षी पार्टीका नेताहरुको टोलीलाई विमानस्थलबाटै फर्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई श्रीनगर विमानस्थलमा १ घण्टा रोकेर त्यहाँबाट नयाँ दिल्ली फिर्ता पठाइएको हो ।

श्रीनगर पुगेको उनीसहितको टोलीमा विपक्षी पार्टीहरु भारतीय काँग्रेस, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी– माक्र्सवादी, राष्ट्रिय जनता दल, राष्ट्रिवादी काँग्रेस पार्टी, तृणमूल काँग्रेस, डिएमके लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

यसअघि राज्य प्रशासनले नेताहरुलाई राज्यमा प्रवेश नगर्न आग्रह गरेको थियो । नेताहरुको भ्रमणले सामान्यतर्फ अघि बढिरहेको राज्यको अवस्थामा नकारात्मक असर पार्ने भन्दै उनीहरुलाई राज्यमा प्रवेश नगर्न भनिएको थियो ।

सरकारले जम्मू कश्मीर राज्यको पुनर्गठन गर्ने निर्णय गरेयता राज्यमा कुनै पनि पार्टीका नेताहरुलाई प्रवेश दिइएको छैन । त्यहाँका राजनीतिक तथा धार्मिक नेताहरुलाई नजरबन्दमा राखिएको छ भने सुरक्षा सतर्कता समेत उच्च पारिएको छ ।

त्यहाँ सूचना तथा सञ्चारका माध्यममा लगाइएको प्रतिबन्ध भने केही खुकुलो पारिएको छ । त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ५ : ४८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा