रविको पक्षमा उदयपुरमा पनि प्रदर्शन « Khabarhub

रविको पक्षमा उदयपुरमा पनि प्रदर्शन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै उदयपुरको गाइघाटमा प्रदर्शन गरिएको छ ।

शालिकराम प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरी हिरासतमा रहेका लामिछानेको विनाशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
शनिवार गाइघाटमा स्वतन्त्र नागरिक समूहको नामा युवाहरुले रविको पक्षमा प्रदर्शन गरेका हुन् ।

यसअघि आजै काठमाडौंमा पनि रविको पक्षमा वृहत प्रदर्शन भएको थियो ।  प्रदर्शनमा सहभागीहरुले रविको विनाशर्त रिहाइको माग गरेका थिए ।

रविलाई विभिन्न वाहनामा फसाउन लागिएको भन्दै उनीहरुले त्यसो नगर्न प्रहरी प्रशासनलाई चेतावनी दिएका थिए ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रविसहितका तीन जनामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोग उनले लगाएका छन् ।

यस्तो आरोपसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुअहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । प्रहरीले तीनै जनालाई भोलि आइतवार अदालत पेश गर्दै छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : १७ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी